काठमाडौं – सम्माननिय राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको सिफरिसमा राष्ट्रको गौरव बढाउन अतुलनीय योगदान गरेको भन्दै यस संस्थाका सल्लाहकार एवं चलचित्र निर्देशक माधव राज खरेल र संस्थाका उपाध्यक्ष तथा संगीतकार दिपक सर्मालाई नेपाल सरकारले जनसेवाश्री प्रदान गरेको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा बैशाख १ गते आयोजना भएको विशेष समारोहमा राष्ट्रपति पौडेलले नेपाली चलचित्र क्षेत्र तथा गीत संगीत क्षेत्रमा लामो समय देखी सक्रिय हुदै आएको र देश र राष्ट्रको हितको लागि गौरवको काम गरेको भन्दै निर्देशक माधव राज खरेल र संगीतकार सर्मालाई “जनसेवाश्री” प्रदान गर्नु भएको हो ।
“जनसेवाश्री” बाट विभुषित भैसकेपछि खरेलले भने “सकारात्मक काम गर्दा केही ढिलो हुन सक्छ तर कामको कदर पक्कै हुनेछ र संघर्षको प्रतिफल अवश्य आउने छ त्यसैले सम्पुर्ण व्यक्तिले आफ्नो कर्ममा विश्वास गर्दै अघि बढेमा चाहेको उदेश्य पुरा गर्न सफल हुन्छ ।”
राष्ट्रिय लोकसांस्कृतिक संघ परिवार निर्देशक खरेल र संगीतकार दिपक सर्माको उज्वल भविष्यको कामना सहित हार्दिक बधाइ तथा शुभकामना प्रदान गर्दछ ।