2023-12-19

लोक साँस्कृतिक संघको नयाँ कार्यसमिति गठन

नयाँ कार्यसमितिलाई प्रमाणपत्र

काठमाडौं– राष्ट्रिय लोक साँस्कृतिक संघको पाँचौं महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई शुक्रवार एक समारोहबीच प्रमाणपत्र प्रदान गरिएको छ ।गायक तथा गीतकार राजेन्द्र कुमार कार्कीको अध्यक्षतामा चयन भएको नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा गायक, संगीतकार तथा गीतकार अमृत खाती, उपाध्यक्ष कार्यक्रमतर्फ संगीतकार दिपक शर्मा, उपाध्यक्ष संगठनतर्फ गायक कृष्ण काफ्ले, महासचिव संगीतकार योगेन्द्र उपाध्याय, सचिव सञ्चारकर्मी कमला जोशी, कोषाध्यक्ष सरिता जिरेल, सहसचिव ध्वनी सम्पादक मनोज परियार र सदस्यहरुमा कलाकार नम्रता खरेल, मोडल तथा गायक दिपेन्द्र सोनाम, गायिका शोभा जि।सी।, छायाँकार राजन खरेल, आईटी एक्सपर्ट डेविल सिंह राजपुत लगायतका रहेका छन् ।

नयाँ कार्यसमितिले नेपाली लोकसंस्कृति तथा नेपाली मौलिक कलाको जगेर्ना गर्नको लागि यस क्षेत्रमा सम्वद्ध रहेका कलाकार, गीतकार, संगीतकार, गायकरगायिकाहरु, चलचित्रकर्मीहरु, प्राविधिकहरु तथा नेपाली भाषा संस्कृतिका लागि काम गर्ने विभिन्न व्यक्ति समुदाय एवंम संस्थाहरुसंग सहकार्य गरि काम गर्ने संस्थाका अध्यक्ष कार्कीले जानकारी गराएका छन् ।

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा।घनश्याम खतिवडाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा कार्यक्रममा संगीतकार शंकर थापा स्माईल, संगीतकार तथा गायक रमेश पाठकलाई मानार्थ सदस्यता प्रदान गर्नुका साथै प्रमुख अतिथि डा।घनश्याम खतिवडा, सञ्चारकर्मी तथा निर्देशक माधवराज खरेल, सञ्चारकर्मी विष्णु सुवेदी, संगीतकार राजेन्द्र बजगाई लगायतलाई सल्लाहकार सदस्यमा नयाँ कार्यसमितिले नियुक्ति गर्दै प्रमाणपत्र समेत प्रदान गरेको छ ।

https://www.kalakarmi.com/life-style/109185/

https://janjatikhabar.com/%E0%A4%B2%E0%A5%8B%E0%A4%95-%E0%A4%B8%E0%A4%BE%E0%A4%81%E0%A4%B8%E0%A5%8D%E0%A4%95%E0%A5%83%E0%A4%A4%E0%A4%BF%E0%A4%95-%E0%A4%B8%E0%A4%82%E0%A4%98%E0%A4%95%E0%A5%8B-%E0%A4%A8%E0%A4%AF%E0%A4%BE%E0%A4%81-%E0%A4%95%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%AF%E0%A4%B8%E0%A4%AE%E0%A4%BF%E0%A4%A4%E0%A4%BF-%E0%A4%97%E0%A4%A0%E0%A4%A8