2023-12-19

राष्ट्रिय युवा परिषद, कला साहित्य सञ्जाल र राष्ट्रिय लोक साँस्कृतिक संघको युवा र संस्कृति विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाण्डौ – राष्ट्रिय युवा परिषदको कला साहित्य सञ्जाल र राष्ट्रिय लोकसाँस्कृतिक संघको आयोजनामा युवा र संस्कृति विषय एक दिवसीय अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।राष्ट्रिय नाचघर जमलमा समपन्न भएको उक्त कार्यक्रममा विविध साँस्कृतिका कार्यक्रम सहितको अन्तक्रिया कार्यक्रम सम्पन्न भएको हो । राष्ट्रिय युवा परिषद, कला साहित्य सञ्जालका अध्यक्ष सुवोध गौतमको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा राष्ट्रिय युवा परिषदका कार्यकारी अध्यक्ष सुरेन्द्र बस्नेत प्रमुख अतिथि रहनुभएको थियो ।

कार्यक्रममा राष्ट्रिय लोक साँस्कृतिक संघका बरिष्ठ उपाध्यक्ष, चर्चित गायक तथा संगीतकार अमृत खाती, गायिका श्रीदेवी देवकोटा, रोशनी रसाईली,राजेन्द्र गिरी, मिना गिरी सहीत नेरिक एकेडेमी शंखमुलका विद्याथीहरुको साँस्कृतिक प्रस्तुतीहरु रहेको थियो ।

कार्यक्रममा कला साहित्य तथा संस्कृतिको क्षेत्रमा योगदान पुर्याउन गायक रामप्रसाद अवस्थी, युवा नेतृ तथा समाजसेवी जानुका पाठक र चर्चित गायक तथा संगीतकार सरोज विरही कार्कीलाई सम्मान प्रदान गरिएको छ । कार्यक्रममा कलाकार तथा पत्रकारहरुको भव्य सहभागीता रहेको थियो भने कार्यक्रमको सञ्चालन गीतकार विपिन किरणले गरेका थिए ।

https://nationalpowernews.com/2023/06/30184