2023-12-19

राष्ट्रिय लोक साँस्कृतिक संघको आयोजनामा धार्के चालिसेमा दशैं विशेष सांस्कृतिक उत्सव हुने

धादिङ -  धादिङको धेनीबेसी नगरपालिका ६ धार्के चालिसेमा दशैं जिशेष सांस्कृतिक उत्सव हुने भएको छ। राष्ट्रिय लोक साँस्कृतिक संघको आयोजना तथा राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्यसमिति, धादिङको सह(आयोजनामा बडा दशैं विशेष सांस्कृतिक उत्सव हुन लागेको कार्यक्रम संयोजक रुपक परियालले धादिङपोष्टलाई बताए ।

असोज २७ गते हुने उक्त कार्यक्रममा राष्ट्रिय ख्याती प्राप्त कलाकारहरु र स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती हुने संयोजक परियारले बताए ।